शारीरिक अपाङ्गता भएका बालबालिकालाई एक्सपर्ट एजुकेसनको शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण

Image
Nisarga Hospital

Expert Education and Visa Services, Branch Dhangadhi ले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा शिक्षा र सरसफाइमा पहुँच विस्तार गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रम अन्तर्गत श्री सुप समावेशी आधारभूत विद्यालयमा आवासीय रूपमा अध्ययनरत शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई हाइजेनिक किट तथा स्टेशनरी सामग्री वितरण गरिएको हो।

nawajiwan
Attariya Hospital

उक्त सामग्रीहरू विद्यालयलाई एक औपचारिक कार्यक्रममार्फत शाखा प्रमुख निलम चौधरीले हस्तान्तरण गरे।

समावेशी शिक्षाको प्रवर्द्धन र अपाङ्गता भएका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्यसहित गरिएको यो कार्यले सामाजिक उत्तरदायित्व निर्वाहको उदाहरण प्रस्तुत गरेको छ।

विद्यालय परिवारले यस महत्वपूर्ण योगदानका लागि एक्सपर्ट एजुकेसन परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।