‘किन गरी घात’ देउडा गीत युट्युबमार्फत सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको नयाँ देउडा गीत ‘किन गरी घात’ सार्वजनिक भएको छ। डीआर चौतारी युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।

CP Hospital Dhangadhi

गीतमा सुदुरको चेलो म र लक्ष्मी नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतको शब्द धर्मराज भट्टराईले लेखेका हुन्। संगीत नरेन्द्रराज रेग्मीको रहेको छ। गीतको एरेन्ज, रेकर्डिङ र मिक्सिङ/मास्टरिङको जिम्मा कृष्ण बजुरेलीले लिएका छन्।

‘द म्युजिक इरा’ काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको यो देउडा गीतमा सुदूरपश्चिमेली भावना, पीडा र समाजको यथार्थ झल्किन्छ। भिडियोतर्फ निर्देशन तथा कथा रमेश विजुली बीसीले गरेका छन् भने मुख्य कलाकारमा दिनेश नेपाली, मनिषा रावल र पद्म खड्का देखिएका छन्।

nawajiwan
Attariya Hospital

भिडियो छायांकन तथा ड्रोन सञ्चालन अमृत उपाध्यायले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन शंकर साउद र गणेश साउदले गरेका छन्। मेकअप आर्टिष्ट मेनुका साउद रहेकी छन्।

‘किन गरी घात’ गीतको भिडियोमा सुदूरपश्चिमको ग्रामीण परिवेश, संस्कृति, प्रेम र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। डीआर चौतारी युट्युब च्यानलमा रिलिज गरिएको यो गीतले छोटो समयमै स्रोता/दर्शकमाझ राम्रो प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ।

Advertize US