केन्द्र–प्रदेश समन्वयमा ऊर्जा तथा जलस्रोत विकासबारे मन्त्री खड्का र मुख्यमन्त्री शाहबीच भेटवार्ता

Image
Nisarga Hospital

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच मंगलबार धनगढीस्थित मुख्यमन्त्री निवासमा भेटवार्ता भएको छ।

CP Hospital Dhangadhi

भेटमा सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र र प्रदेशबीचको समन्वय, विकास आयोजनाहरूको कार्यान्वयन र सेवा प्रवाहमा प्रभावकारिता कसरी बढाउन सकिन्छ भन्नेबारे छलफल गरिएको बताइएको छ।

Attariya Hospital

मन्त्री खड्काले प्रदेशमा भइरहेको जलस्रोत तथा सिँचाइसम्बन्धी प्रमुख परियोजनाहरूको प्रगति, चुनौती र सम्भावनाहरूको जानकारी लिएका थिए। सो अवसरमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको भौगोलिक अवस्था, कृषि प्रणाली, ऊर्जा पहुँचको सन्दर्भमा केन्द्रसँग अझ नजिकको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

nawajiwan

दुवै नेताबीच राष्ट्रिय परियोजनाहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला आयोजनाको प्रवर्द्धन, र सिँचाइ विस्तार कार्यक्रमलाई प्राथमिकतामा राख्ने सहमति पनि जुटेको छ।