
धनगढी: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मंगलबार बिहान धनगढीस्थित पत्रकार मिन बमको निवासमा पुगेर शोक समवेदना व्यक्त गरेका छन्।

ठाकुरीकी पत्नीको हालै असामयिक निधन भएकोमा किरिया बसिरहेको अवस्थामा मन्त्री खड्का स्वयम् पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले स्व. पत्नीप्रति श्रद्धा प्रकट गर्दै शोकमा रहेका ठाकुरी परिवारलाई धैर्य, शक्ति र सहनशीलता मिलोस् भन्ने कामना गरे।

वरिष्ठ पत्रकार मिन बम सुदूरपश्चिमको सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका छन्। उनको व्यक्तिगत पीडामा सहभागी हुन समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पनि निवास पुगेर शोक व्यक्त गरेका छन्।






























