गोदावरी नगरपालिकामा सम्पत्ति कर सुधारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकामा सम्पत्ति कर प्रणाली सुधार गर्दै स्थानीय सरकारको राजस्व स्रोत सुदृढ बनाउने उद्देश्यले सबै वडाका सचिव र कम्प्युटर अपरेटरलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

CP Hospital Dhangadhi

oplus_0

नेपाल सरकार र एशियाली विकास बैंक (ADB) बीचको “Strengthening Public Financial Management and Devolved Service Delivery Program” अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा सम्पत्ति करको वैज्ञानिक मूल्याङ्कन विधि, कानुनी संरचना, करयोग्य सम्पत्तिको निर्धारणलगायत विषयमा विस्तृत जानकारी दिइएको थियो।
oplus_0

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दिनेश ढकाल र एडीबीका सम्पत्ति मूल्याङ्कन विज्ञ सिए छवि आचार्यले प्रस्तुतिहरू दिएका थिए। कार्यक्रममा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, प्रशासन तथा आर्थिक शाखाका प्रमुखलगायत प्रतिनिधिहरूको उपस्थिति थियो।

nawajiwan
oplus_0
Attariya Hospital

नगर प्रमुख भट्टले कार्यक्रममा मन्तव्य राख्दै संघीय मन्त्रालय तथा ADB को प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै गोदावरी नगरपालिकामा सम्पत्ति कर व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

oplus_0

कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सम्पत्ति कर सम्बन्धी नीति तथा व्यवस्थाहरू, घर र जग्गाको मूल्याङ्कन मापदण्ड, टोपोनी निर्धारण, आधार मूल्य समायोजन, र सिफारिस गरिएको वैज्ञानिक सूत्रमा आधारित कर निर्धारण विधिको व्याख्या गरिएको थियो।

oplus_0

देशभरका १० स्थानीय तहमा गरिएको अध्ययनका आधारमा तयार पारिएको तालिम पुस्तिका समेत सहभागीहरूलाई प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई स्थानीय राजस्व अभिवृद्धिमा यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

oplus_0