सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनमा अप्ठ्यारो भएको राज्यमन्त्री बमको स्वीकारोक्ति

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले प्रदेश राजधानी कार्यान्वयनमा चुनौती रहेको स्वीकार गरेका छन्।

CP Hospital Dhangadhi

गोदावरीमा आयोजित सर्वदलीय छलफलमा बोल्दै मन्त्री बमले राजधानी सार्नुपर्ने प्रस्ताव संसदमा ल्याउन दुई तिहाई बहुमत आवश्यक पर्ने बताए। “अहिले घोषणा गरिएको ठाउँबाट एक इन्च सार्न पनि कांग्रेस–एमाले मिल्नुपर्छ, अझै माओवादी र उन्मुक्तिको साथसमेत आवश्यक पर्छ,” बमले भने, “त्यसैमा एमालेका केही सांसदको जोडबल छ।”

oplus_0

बमले कैलाली क्षेत्र नं. ४ का निर्वाचित सांसदहरूले गोदावरीमै राजधानी हुनुपर्ने माग गर्दै सदनमा धारणा राखेको बताए। “म सरकारको राज्यमन्त्री भएकाले प्रतिपक्षको शैलीमा बोल्न मिल्दैन,” उनले भने, “तर अन्य साथीहरूले जनभावनाअनुसार स्पष्ट रूपमा बोलेका छन्।”

nawajiwan
Attariya Hospital

उनले मतदाताको भावना र पार्टीको निर्देशनबीच सन्तुलन मिलाउन कठिनाइ रहेको उल्लेख गरे। साथै, केन्द्र सरकारले निर्णय गरे राजधानी घोषणा गरिएको स्थानमा भोगाधिकार प्राप्त गर्न समय नलाग्ने दाबीसमेत गरे।

“अहिलेसम्म भोगाधिकार नहुँदा र मुद्दा प्रक्रिया मै रहेकाले राजधानी गोदावरीमा कार्यान्वयनमा आउन सकेको छैन,” मन्त्री बमले स्पष्ट पारे।