
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका सामानमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले उक्त निर्णय आगामी अगस्ट १ देखि लागू हुने बताएका हुन्।

उनका अनुसार रुससँग तेल र हतियार खरिद गरेको भन्दै भारतमै सबैभन्दा बढी कर लगाइएको मित्रराष्ट्र भएको बताए। ट्रम्पले युक्रेनमा जारी युद्धको चर्को विरोध भइरहेका बेला भारतले रुससँग सैन्य सम्झौता गर्नु अमान्य रहेको धारणा सार्वजनिक गरेका छन्।

भारतले भने गत वर्ष अमेरिका–भारतबीच भएको सन्तुलित व्यापार सम्झौतामा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। यसअघि गत अप्रिलमा पनि ट्रम्पले भारतीय वस्तुमा २७ प्रतिशत कर लगाउने घोषणा गरेका थिए, तर त्यो निर्णय पछि स्थगित गरिएको थियो।

राष्ट्रपति ट्रम्पले यसरी कर लगाइएका देशहरूलाई वार्ताका लागि आउन शुक्रबारसम्मको अन्तिम म्याद दिएका छन्। भारतीय सरकारका अनुसार ट्रम्पको निर्णय कार्यान्वयन प्रक्रियालाई नियालेर मात्र अगाडि बढ्ने तयारी छ। भारतले यो सन्दर्भमा इन्टरप्रेनर, किसान र साना व्यापारीको हितलाई प्राथमिकतामा राख्ने जनाएको छ।































