देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, भोलिदेखि मनसुन थप सक्रिय हुने

Image
Nisarga Hospital

देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वाग्मती प्रदेशको सिन्धुपाल्चोक र दोलखातर्फ भने केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

CP Hospital Dhangadhi

राति पनि देशभर सामान्य बदली रहनेछ भने केही स्थानमा भारी वर्षा हुने सम्भावना विभागले जनाएको छ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ। वाग्मतीको पहाडी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

nawajiwan
Attariya Hospital

मौसमविद् सञ्जिव अधिकारीका अनुसार भोलिदेखि मनसुनी प्रणाली अझ सक्रिय हुने देखिएको छ। “अहिलेसम्म धेरै वर्षा नभएका क्षेत्रमा पनि अब वर्षा हुने देखिन्छ,” उनले बताए। उनका अनुसार आगामी दिनहरूमा देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ।

मधेस र लुम्बिनी प्रदेशका दक्षिणी क्षेत्रमा अझैपनि पानी नपर्दा खडेरी परेको छ। रोपाईं गर्न नसकिएको र रोपिएका बालीसमेत सुक्न थालेका कारण सरकारले ती क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यस्ता क्षेत्रमा पनि अबको दिनमा वर्षाको