अछामको मेल्लेख गाउँपालिकामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

Image
Nisarga Hospital

अछाम: अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा पहिलोपटक महिला प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगिता ताम्राकारलाई मेल्लेख गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।

CP Hospital Dhangadhi

ताम्राकार अछाम जिल्लामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने पहिलो महिला हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ९(४) अनुसार वरिष्ठतम कर्मचारीका रूपमा उनलाई यो जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी तोकेको हो।

Attariya Hospital

२०७६ सालमा खुला प्रतिस्पर्धाबाट पहिलो प्रयासमै स्थानीय सेवामा स्थायी नियुक्ति पाएकी ताम्राकारको प्रशासनतर्फको स्थायीत्व पछि दार्चुलाको मार्मा गाउँपालिकामा पहिलो कार्यस्थल रह्यो। २०७९ सालदेखि उनले मेल्लेख गाउँपालिकामा सेवा दिँदै आएकी छन्।

nawajiwan

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढस्थित सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी ताम्राकारले कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी हुन्।