धनगढीमा वृहत् रक्तदानको पूर्वसन्ध्यामा र्‍याली

Image
Nisarga Hospital

धनगढी: धनगढीमा बैतडी समाज कैलालीले १६ औं वृहत् रक्तदानको पूर्व सन्ध्यामा रक्तदान सचेतना सहितको र्‍याली निकालेको छ। धनगढीको चौराहादेखि पार्कको मोडसम्म आज बिहान ७ बजे पञ्चेबाजा सहितको र्‍याली प्रदर्शन गरेको हो।

CP Hospital Dhangadhi

रक्तदानलाई प्रोत्साहन गर्ने नारा लगाउँदै बाजा गाजा सहित र्याली निकालिएको बैतडी समाजका सदस्य एवं १६ औँ बृहत रक्तदान कार्यक्रमका संयोजक वीर बहादुर महराले बताए।

Attariya Hospital

उक्त र्‍यालीमा बैतडी समाज कैलालीका पदाधिकारी, रेडक्रसका कर्मचारी, लाइन्स क्लब अफ धनगढी आरम्भ , लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडी , दशरथ चन्द बैतडी विद्यार्थी समाज, धनगढी नमुना प्राविधिक विद्यालयका विद्यार्थी, लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

nawajiwan

बैतडी समाज कैलालीको १६ औं बृहत रक्तदान उद्योग वाणिज्य सङ्घ कैलालीको सहकार्यमा भोलि १७ गते बिहान देखि धनगढीको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए। बृहत रक्तदान कार्यक्रमका संयोजक महराले सबैले रक्तदान गरी सहयोग गर्न हुन समेत अपिल गरेका छन्।