
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरे । उनले यो केन्द्र नगरवासीका लागि हर्षको विषय भएको बताउँदै, स्वच्छ र सुन्दर सहर निर्माणमा यसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

‘नगरपालिकाको यो ठूलो र महत्वपूर्ण परियोजना सफलतापूर्वक सञ्चालनमा आएको छ । जसबाट नगरका सबै वडाहरूमा फोहोर व्यवस्थापनको कार्य प्रभावकारी रूपमा अघि बढ्नेछ’, उनले भने ।


नगर प्रमुख भट्टले केन्द्र सञ्चालन दुई वर्ष निजी कन्ट्रयाक्टर कम्पनी मार्फत गरिने भएको बताउँदै त्यसपश्चात केन्द्रको जिम्मेवारी नगरपालिकाले ग्रहण गर्नेछ । नगरलाई जिम्मेवारी हस्तान्तरणपछि प्रभावकारी सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्न हाल ८ जना कर्मचारीहरुलाई उक्त केन्द्रमा राखिएको बताए । ती कर्मचारीहरूले काम गर्दै अनुभव हासिल गर्ने र पछि नगर पालिका अन्तर्गत सञ्चालनमा सहजीकरण गर्ने उद्देश्य लिएको बताइएको बताए ।
फोहोरमैला व्यवस्थापनमार्फत नगरभित्र रोजगारी सिर्जना भएको बताउँदै स्थानीयलाई यस परियोजनाबाट प्रत्यक्ष लाभ पुगेको बताए । साथै, उनले नगरवासीहरूलाई आफ्नै घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर दिन आग्रह गर्दै, यदि कसैले फोहोर जथाभावी फाल्ने गरेमा नगरले जरिवाना समेत तिराउने व्यवस्था गरिएको जानकारी गराए । उनले सबैलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै भने, सफा, हरित र समुन्नत नगर निर्माण नगर बासिको सामूहिक दायित्व हो ।’

















