बैतडीको सिगास – ४ सिराडीकी भागरथी तीन दिनदेखि बेपत्ता : परिवारको आँखा बाटोमा

Image
Nisarga Hospital

बैतडी – बैतडी जिल्लाको सिगास गाउँपालिका–४ सिराडीकी अन्दाजी २६–२७ वर्षीया भागरथी साउद तीन दिनदेखि बेपत्ता भएकी छन् ।

CP Hospital Dhangadhi

स्थानीय धनबहादुर साउदकी श्रीमती भागरथी साउद साउन १५ गते राति करिब ९ बजे घरबाट निस्केकी बताइएको छ । तर त्यसपछि उनी अहिलेसम्म घर नफर्किएको र सम्पर्कबिहीन रहेकी श्रीमान धन बहादुर साउदको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बेपत्ताको दिन राति उनले केही नगद तथा लुगाफाटो पनि साथमा लगेको बताइएको छ । त्यसयता उनी कहाँ गइन् भन्ने खुल्न सकेको छैन।

nawajiwan
Attariya Hospital

भागरथीका श्रीमान हाल भारतमा रोजगारीमा छन्। आफ्नी श्रीमती बेपत्ता भएको खबर पाएपछि उनी अत्यन्त चिन्तित छन् । उनले आफ्नी पत्नीको सकुशल खोजीका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन्।

परिवारले भागरथीको माइती रहेको सिगास–४ रक्सौनमा पनि खोजी गरिसकेको तर कतै पनि अत्तोपत्तो नलागेको जनाइएको छ। भागरथीका तीन छोरी र एक छोरा छन्, जसको हेरचाह हाल आफन्तले गरिरहेका छन्। यदि तपाईंले भागरथी साउदलाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएको छ भने मोबाइल नम्बर ९८६५६७६५७४ र ९८४८८८४२४८ मा जानकारी गराउँन पारिवारिक स्रोतले अपिल गरेका छन् ।