बैतडीमा करेन्ट लागेर १३ वर्षीय किशोरको मृत्यु

Image
Nisarga Hospital

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–३ गिरीबगरका १३ वर्षीय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको छ। मृतक किरण स्थानीय केशब कोलीका छोरा हुन्।

CP Hospital Dhangadhi

शनिबार दिउँसो डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेका बेला नजिकैको विद्युत् पोल छोएकै कारण उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई गोकुलेश्वर अस्पताल लगिएको थियो, तर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

Attariya Hospital

हाल किरणको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan