
अत्तरिया : कैलालीमा आज (शनिबार) भएको रक्तदान कार्यक्रममा १८७ पिन्ट रगत संकलन भएको छ । केहि समय देखि रगत अभाव भएको जानकारी पाएपछि यहाका केहि संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरेका हुन ।

धनगढीमा बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रम संयोजक बिर बहादुर महराले दिएको जानकारी अनुसार बैतडी समाजले प्रत्येक ६÷६ महिनामा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएकोमा आज ९१ जनाले रक्तदान गरेका छन । यस अघि हिजो शुक्रबार बैतडी समाजले बिहान धनगढी चौराहाबाट पार्कचोक सम्म रक्तदान सचेतना र्यालीको समेत आयोजना गरेको थियो ।
त्यस्तै गौरिगंगा नगरपालिका ८ बडैपुरमा आज आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन । गौरिगंगा ११ स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिएका छन ।
यसैगरि नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाले समेत आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सभापति रतन टमट्टाले बताए ।
रक्तदान सदभावना दुत उपाध्याय सम्मानित


सर्वाधिक सतक रक्तदाता एबम सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दुत दीपक उपाध्याय सम्मानित भएका छन । गौरिगंगा ११ स्पोट्र्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा उपाध्याय सम्मानित भएका हुन ।
आफु स्वयमले १०९ औं पटक रक्तदान गरि सयौ ब्यक्तिको जीवन बचाएको र हज्जारौ ब्यक्तिको जीवन रक्षाका लागि अहोरात्र खटि रक्तदान जस्तो मानवीय कार्यमा तल्लिन रहेको भन्दै उपाध्याय सम्मानित भएका हुन । उपाध्यायलाई कार्यक्रममा प्रमुख अतिथि गौरिगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।


















