धनगढी उपमहानगरको टोली बडिमालिका यात्रामा प्रस्थान

Image
Nisarga Hospital

धनगढी उप–महानगरपालिकाको सरकारी पूजा टोली आज बाजुराको प्रमुख धार्मिक स्थल बडिमालिका मन्दिरतर्फ प्रस्थान गरेको छ। साउन २३ गते चतुर्दशीका दिन हुने वार्षिक धार्मिक मेलाको अवसरमा उपमहानगरले साउन १८ गते विशेष पूजा अर्पण गर्न टोली पठाएको हो।

CP Hospital Dhangadhi

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीका अनुसार टोलीले बडिमालिकामा नगरको तर्फबाट विधिपूर्वक पूजा गर्नेछ। सुदूरपश्चिमको प्रमुख धार्मिक र पर्यटकीय स्थल बडिमालिकामा प्रत्येक वर्ष हजारौं भक्तजनको भिड लाग्ने गर्छ।

Attariya Hospital

उपमहानगरको सहभागिताले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan