देशभर मनसुनी प्रभाव, अधिकांश स्थानमा भारी वर्षा सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

देशभर पूर्णतया बदली रही कोशी, मधेस र सुदूरपश्चिमका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज पनि देशभर सामान्यतया बदली रहनेछ। अधिकांश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

nawajiwan