
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर पूर्णतया बदली रही कोशी, मधेस र सुदूरपश्चिमका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज पनि देशभर सामान्यतया बदली रहनेछ। अधिकांश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।


















