
कञ्चनपुरः लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार बिहान ८ बजे महाकाली नदीको बहाव १ लाख ९ हजार ९८० क्युसेक नाघेपछि ब्यारेजमा सवारी रोकिएको हो।

प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा बहाव १ लाख क्युसेक नाघेसँगै सुरक्षाको कारण चारपाङ्ग्रे सवारी आवागमन बन्द गरिएको जानकारी दिए।


















