बडीमालिका मेलामा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Image
Nisarga Hospital

बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा साउन २१ गतेदेखि सुरु हुने मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ईश्वरीबक्स गुल्म बाजुराले विशेषज्ञसहितको टोलीमार्फत उक्त शिविर सञ्चालन गर्न लागेको हो।

CP Hospital Dhangadhi

उच्च स्थानमा अवस्थित बडीमालिका क्षेत्रमा अक्सिजनको कमीका कारण लेक लाग्ने समस्या हुने भएकाले आकस्मिक अवस्थाका बिरामीका लागि सेनाले तयारीस्वरूप शिविर सञ्चालन गर्न लागेको गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले जानकारी दिए। शिविरमा अक्सिजनसहितको उपचार सेवा उपलब्ध गराइनेछ, साथै सेनाको हेलिकोप्टर समेत तयारी अवस्थामा राखिने छ।

Attariya Hospital

मेलाका क्रममा पैदल यात्रामा निस्कने भक्तजनहरूलाई लक्षित गर्दै सेनाले बाटोमा खानेपानी, अस्थायी शौचालय र जानकारी केन्द्रसहितका आवश्यक संरचना निर्माण गरेको छ।

nawajiwan

बडीमालिका मेला हरेक वर्ष जनैपूर्णिमाअघि साउन शुक्ल चतुर्दशी (यस वर्ष साउन २३ गते) का दिन लाग्ने परम्परा छ। भक्तजनहरू मेलामा सहभागी हुन एक साताअघि देखि नै यात्रा सुरु गरिसकेका छन्।