डा. गुणाकर भट्टसँग धनगढीमा आर्थिक अन्तरक्रिया: उद्योगी–व्यापारीका चासोमा राष्ट्र बैंकको जवाफ

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थविद् डा. गुणाकर भट्टको उपस्थितिमा आज धनगढीमा आर्थिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कैलाली उद्योग वाणिज्य संघ, धनगढीको आयोजनामा संघको सभाहलमा गरिएको हो।

CP Hospital Dhangadhi

अन्तरक्रियामा उद्योगी, व्यापारी तथा विभिन्न बैंकका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा डा. भट्टलाई संघको तर्फबाट स्वागत गरिनुका साथै वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, सूददर नियन्त्रण, साना तथा मझौला व्यवसायको प्रवर्द्धनमा राष्ट्र बैंकको भूमिका लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो।

Attariya Hospital

संघका पदाधिकारीहरूले व्यवसाय सञ्चालनमा देखिएका समस्याहरू तथा सुझावहरू प्रस्तुत गरेका थिए। डा. भट्टले भने राष्ट्र बैंकको नीति तथा आगामी कार्यदिशाबारे प्रष्ट पार्दै, व्यवसायमैत्री वातावरण निर्माणमा संस्थाको प्रतिबद्धता दोहोर्‍याएका थिए।

nawajiwan
Advertize US