गौरीगंगामा श्रीमद्भागवत शिव चर्चा धार्मीक विज्ञान महायज्ञ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गौरीगंगानगरपालिका–११, कान्तिपुर श्रीमद्भागवत शिव चर्चा धार्मिक विज्ञान महायज्ञ सुरु भएको छ ।

CP Hospital Dhangadhi

संरक्षणको पर्खाइमा रहेको महोन्याल मन्दिरको निर्माण तथा धार्मिक पर्यटकीय स्थल निर्माण सहयोगार्थ साथै धार्मिक सचेतना फैलाउन महायज्ञ आईतवार देखि संचालनमा आएको सप्ताह ज्ञान महायज्ञ साउन २४ गते सम्म संचालन हुने महायज्ञका संयोजक विमलप्रसाद चौधरीले जानकारी दिए ।

आईतबार उद्घाटन हुनुपुर्व मसुरिया बजार सम्म विभिन्न विद्यालय, संघ–संस्था, समूह द्वारा मन्दिर परिसरबाट झाँकी, जुलुस सँगै कलस यात्राको समेत आयोजना गरिएको थियो ।

nawajiwan
Attariya Hospital

महायज्ञको उद्घाटनमा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम् प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले महायज्ञले धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार तथा संम्बद्धन हुने बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष साहेबलाल चौधरी, पुर्व वडा अध्यक्ष –९, का हरि तिवारी, कार्यपालिका सदस्य हरिना खाती, वडा सदस्यहरु, संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

आईतवार देखि सुरु भएको श्रीमद्भागवत शिव चर्चा, धार्मिक ज्ञान विज्ञान महायज्ञको नेपालका सु–प्रसिद्ध कथावाचक अच्युत शरण महाराज बाट कथाबाचन हुने महायज्ञमा दैनिक रूपमा संगितमय कथा प्रवचन समेत हुने भएकोले आयोजकले सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।