धनगढीमा भिजा नेसन कन्सल्टेन्सी सञ्चालनमा, जापान, अस्ट्रेलिया र युके पढ्न अब यतैबाट

Image
Nisarga Hospital

सुदूरपश्चिमका विद्यार्थीको विदेश अध्ययनको सपना साकार पार्ने उद्देश्यसहित भिजा नेसन कन्सल्टेन्सीले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौँमा प्रधान कार्यालय रहेको कन्सल्टेन्सीको नयाँ शाखा धनगढी उपमहानगरपालिका–४, टेम्पल रिसोर्ट नजिक गन्तव्यको तल्लो तलामा स्थापना गरिएको हो।

CP Hospital Dhangadhi

सोमबार विशेष पूजा–आजा गरी औपचारिक रूपमा उद्घाटन गरिएको शाखाले जापान, अस्ट्रेलिया, युकेलगायत मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ।

शाखा प्रबन्धक अन्जली केसीका अनुसार अब काठमाडौं जानुपर्ने झन्झट हटेको छ। “शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारीदेखि अन्तर्वार्ता तालिमसम्म सबै सेवा धनगढीमै उपलब्ध हुनेछ,” उनले भनिन्।

nawajiwan
Attariya Hospital

कन्सल्टेन्सीका सञ्चालक पंकज पन्थीले दक्ष प्रशिक्षकद्वारा भाषा अध्यापन गरिने जानकारी दिँदै भने, “विदेशमा पढ्न चाहने सुदूरपश्चिमका विद्यार्थीको सपना साकार पार्न हामी यहाँ विस्तारिएका हौं।”

उद्घाटनसँगै शाखाले सेवा सुरु गरिसकेको छ। अब सुदूरपश्चिमका विद्यार्थीलाई विदेश अध्ययनका लागि राजधानी जानुपर्ने बाध्यता हटेको छ।

Advertize US