सिगास–६ को मोरीबगरमा प्रहरी चौकी, शान्ति सुरक्षामा नागरिकको नयाँ आशा

Image
Nisarga Hospital

बैतडी — बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं. ६ लेकमदेखि मोरीबगर र देखि गणेश माध्यमिक विद्यालयसम्म र बेलाइती बर्थिङ सेन्टर सम्मको जोखिमपूर्ण बाटो सामूहिक श्रमदान मार्फत मर्मत गरी गरिएको छ। वर्षायाममा भत्किएर हिँड्नै नसक्ने अवस्थामा पुगेको उक्त बाटो आइतबार स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागितामा निर्माण गरिएको हो।

CP Hospital Dhangadhi

उक्त बाटो अस्थायी प्रहरी पोष्ट मोरीबगरका सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय व्यवसायी र महिला सञ्जाल, आमा समूहका पदाधिकारी र जनप्रतिनिधिहरूको ऐक्यबद्धतामा मर्मत गरिएको हो। लामो समयदेखि उक्त क्षेत्रमा बाटो नहुँदा सर्वसाधारण, विद्यार्थी, बिरामी, गर्भवती महिला तथा सामान ओसारपसारमा समेत गम्भीर समस्या हुँदै आएको थियो । बाटोमा माथिल्लो भेगबाट ढुंगा खस्ने सम्भावनाले जोखिम अझ बढेको थियो।

सिगास–६ का वडाध्यक्ष तेजबहादुर साउदले यस अभियानलाई स्थानीय एकताको प्रतिफल भन्दै भने, “हामीले सुरक्षाको अनुभूति दिने बाटो निर्माण गर्नु आजको आवश्यकता थियो। यो केवल बाटो मर्मत मात्र होइन, स्थानीय जीवनशैलीमा परिवर्तन ल्याउने एउटा महत्वपूर्ण कदम हो। सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र व्यवसायी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु भयो। यही सहकार्य नै हाम्रो बल हो।”

nawajiwan
Attariya Hospital

उक्त बाटो पुनर्निर्माणले नजिकै साउन ११ गते स्थापना भएको अस्थायी प्रहरी पोष्ट मोरीबगरमा आवतजावतलाई समेत सहज बनाउने विश्वास गरिएको छ। सो प्रहरी पोष्ट स्थापना गर्नका लागि सिगास–६ का वडाध्यक्ष तेजबहादुर साउद, गाउँपालिका अध्यक्ष हरि सिंह धामी, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय बैतडी, प्रदेश सरकार, गृह मन्त्रालय र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तर बहादुर ऐरको विशेष पहल रहँदै आएको थियो।

साथै, गणेश माध्यमिक विद्यालय आसपासका विद्यार्थीहरू, स्थानीय बासिन्दा तथा अन्य क्षेत्र—जस्तै थलाकाँडा, लेकमल बाट आउने नागरिकहरूलाई अब सहज रूपमा आवतजावत गर्न सकिने भएको छ। घोडा, खच्चड तथा सामान ढुवानीमा समेत सहजता आउने जनाइएको छ।

स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता, संस्थागत समन्वय र सरोकारवाला निकायहरूको सहकार्यबाट सम्पन्न भएको यो बाटो निर्माण अभियानले सिगास–६ लाई केवल भौतिक रुपमा मात्र होइन, सामाजिक एकताको दृष्टिले पनि मजबुत बनाएको छ।