भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

Image
Nisarga Hospital

अत्तरिया : महाकाली नदीमा पानीको बहाव घटेपछि चारपांग्रे सवारी साधन सुचारु भएका छन् । पानीको बहाव एक लाख क्युसेक नाघेपछि सोमबार बिहानदेखि शारदा ब्यारेज पुल भएर हुने चारपांग्रे सवारी साधनमा रोक लगाइएको थियो ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार महाकालीमा पानीको बहाव ९९ हजार ४९० क्युसेक पुगेको छ । अहिले चारपांग्रे सवारी साधन पनि सुचारु गरिएको उनले बताए ।

Attariya Hospital

पुल पुरानो भएका कारण बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

nawajiwan

मंगलबार साउन २० गते बिहान ६ बजेदेखि बुधबार साउन २१ बिहान ६ बजेसम्म जलविद्युत परियोजनाको सिल्ट सफाईको कार्य गरिने भएकाले बाँध खोलिने जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सोमबार एक सूचना जारी गदै दार्चुला प्रशासनले सो अवधि र त्यसपछि पनि महाकालीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।