
सत्यवती एकेडेमी कैलाली (SAK) ले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को कक्षा १२ को परिक्षामा तेस्रोपटक लगातार १०० प्रतिशत नतिजा ल्याउँदै शैक्षिक उत्कृष्टताको कीर्तिमान कायम गरेको छ।

२०८२ सालको तेस्रो ब्याचले सबै विद्यार्थी उत्तीर्ण गर्दै विद्यालयको गौरव थप बढाएको हो। विद्यालयले यो सफलता विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको परिणाम भएको जनाएको छ।

विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले भनिन्, “शिक्षक र विद्यार्थीको दृढ प्रयास र अनुशासनले आज हामी यो सम्मानित स्थानमा पुग्न सफल भएका छौं। हामी सम्पूर्ण टिमप्रति गर्व गर्छौं।”
आज प्रकाशित भएको नतिजा अनुसार विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने केही प्रमुख विद्यार्थीहरू यस प्रकार छन्:

🔹 रबिन्द्र धामी — 3.85
🔹 पूर्णिमा भट्टराई — 3.80
🔹 जीवन भट्ट — 3.76
🔹 पवित्रा बोहरा — 3.75
🔹 समिर मडै — 3.68
👉 कूल नतिजा विवरण:
-
A+ ग्रेड — ५ जना
-
A ग्रेड — २५ जना
-
B+ ग्रेड — १० जना
विद्यालय प्रशासनले यो सफलता भविष्यमा अझ सशक्त शैक्षिक उपलब्धिका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।



















