ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् साउन महिनाको २० गते मंगलबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २० साउन २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खर्चमा नियन्त्रण राख्नुहोस्। कार्यक्षेत्रमा उचित सहयोग नमिल्नाले मनोबल कमजोर रहला। पारिवारिक गतिविरोधले मन तनावपूर्ण रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्यले गर्दा शिक्षाको क्षेत्रमा बाधा आउनेछ। अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचविचार गरेर लगानी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो योजनाहरु गुप्त राख्नुहोस्। प्रतिद्वन्दीहरू फाइदा उठाउन सक्नेछन्। सम्पत्तिलाई लिएर वादविवाद सम्झिनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। पैसाको लेनदेनले आपसी सम्बन्धमा तनाव आउला। आध्यात्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इष्टमित्रको सहायताले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन हुनेछन्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राम्रो योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा अड्किएका कार्य बन्नेछन्। इष्टमित्रहरूबाट पूरा सहयोग मिल्नेछ। जीवन साथीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ लगानि गर्नुभन्दा अघि अनुभवी व्यक्तिहरूसँग परामर्श लिनुहोला। कार्यस्थलमा चलिरहेको मतभेद सुल्झिनेछ। आफन्तहरूको साथ र सहयोग पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी सेवा वा राजनीतिमा प्रभाव बढ्नेछ। आत्मविश्वासमा कमि आउनेछ। रोजगारका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफ्नो लक्ष्यमाथि ध्यान केन्द्रित गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएका कार्यहरू पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा टेक्निकल सुधारको आवश्यकता रहेको छ। विश्वास पात्रबाट दुःख पाइएला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) टाडिएका इष्टमित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। धार्मिक अनुष्ठान वा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। भाग्यको राम्रो साथ मिल्नेछ। व्यापारमा राम्रो सफलता हात लग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट साभार