गाजा युद्ध अन्त्यका लागि ट्रम्पलाई पूर्व सुरक्षाधिकारीहरूको आग्रह

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

गाजाः अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजा युद्ध अन्त्यका लागि पहल गर्न ६०० जना अवकाश प्राप्त इजरायली सुरक्षा अधिकारीहरूले आग्रह गरेका छन्। तीमध्ये इजरायली गुप्तचर निकायका पूर्वप्रमुखसमेत छन्।

CP Hospital Dhangadhi

पूर्व अधिकारीहरूले संयुक्तरूपमा लेखेको पत्रमा गाजामा भइरहेको युद्ध अब दीर्घकालीन समाधानतर्फ जानुपर्ने आवश्यकता औँल्याइएको छ। हमास अब इजरायलका लागि मुख्य चुनौती नरहेको ठहर उनीहरूको छ।

पत्रमा इजरायली सरकारलाई यथोचित मार्गमा डोर्याउने क्षमता ट्रम्पसँग रहेको विश्वास व्यक्त गरिएको छ। उनीहरूले यो युद्ध अब रोक्नैपर्ने चरणमा पुगेको निष्कर्ष पनि निकालेका छन्।

nawajiwan
Attariya Hospital

पूर्व सुरक्षाकर्मीहरूको यो अपिल हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता स्थगित भइसकेपछि सार्वजनिक भएको हो। वार्ता रोकिएसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा आक्रमण तीव्र पार्ने चेतावनी दिएका थिए।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दै १२ सयभन्दा बढीको ज्यान लिएको र २५१ जनालाई बन्दी बनाएको घटनालाई इजरायलले गाजा आक्रमण सुरु गर्ने आधार बनाएको थियो। त्यसयता गाजामा भएका आक्रमणमा हालसम्म ६० हजारभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ।

युद्धको प्रत्यक्ष मारमा परेका गाजाली जनतामध्ये अहिले कुपोषण, औषधि अभाव र बमबारीका कारण हरेक दिन दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन्।