धनगढीका नौ इन्स्टिच्युटमा सिडियो कार्यालयको छापा, अवैध शुल्क असुली र दोहोरो भर्ना खुलासा

Image
Nisarga Hospital

धनगढीः धनगढीमा सञ्चालनमा रहेका नौ वटा प्राविधिक इन्स्टिच्युटहरूमा छापा मारिएको छ। सोमबार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा रहेको अनुगमन समितिले ती इन्स्टिच्युटहरूमा अनुगमन गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

छानबिनका क्रममा अधिकांश इन्स्टिच्युटले CTEVT (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) का नाममा अवैधानिक शुल्क असुली, कार्यविधि विपरीत तालिम सञ्चालन र दोहोरो भर्नाजस्ता गतिविधि गरिरहेको पाइएको छ।

शुल्कको मनपरी
CTEVT ले अधिकतम १६०० घण्टासम्मको तालिमका लागि ३०–३५ हजार रुपैयाँसम्म शुल्क लिन मिल्ने व्यवस्था गरेको छ।
तर छापामा पाइएको तथ्य अनुसार, होटेल म्यानेजमेन्ट लगायतका कार्यक्रमका नाममा केही इन्स्टिच्युटहरूले १ लाख ५० हजारदेखि २ लाख १२ हजार रुपैयाँसम्म शुल्क असुलेको पाइयो।

दोहोरो भर्ना : एक विद्यार्थी, दुई संस्था
छापामा केही इन्स्टिच्युटहरूले विद्यार्थीलाई प्लस–टु प्रमाणपत्रका लागि विद्यालयमा समेत भर्ना गराइरहेको भेटिएको छ।
एउटै विद्यार्थीलाई फरक दुई संस्था वा विद्यालयमा भर्ना गर्नु कानुन विपरीत रहेको अनुगमन टोलीले जनाएको छ।

छापामा परेका इन्स्टिच्युटहरू

  1. श्रीपेच एजुकेसन प्रा.लि.

  2. रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी

  3. ड्रे मिट इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.

  4. सहारा ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.

  5. श्री इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड इन्फरमेसन टेक्नोलोजी

  6. श्री किर्तीगंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी

  7. श्री टेक्निक्स अफ एडभान्स म्यानेजमेन्ट प्राक्टिसेस एण्ड लर्निङ एक्सिलेन्स प्रा.लि.

  8. नेक्सस इन्टरनेशनल एजुकेशन एण्ड ट्रेनिङ सेन्टर

  9. हिमालयन एजुकेसन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि.