सुदूरपश्चिममा मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन हुने

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको प्रस्तावअनुसार सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

Attariya Hospital

यसअघि उक्त सम्मेलन असोज १ र २ गते गर्ने भनिएको थियो।
तर, विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

nawajiwan

अब सम्मेलन मङ्सिरमा हुने तय भएसँगै तयारी प्रक्रिया पुनः तीव्र बनाइने बताइएको छ।
सम्मेलनमा स्वदेशी तथा विदेशी निजी क्षेत्र, विकास साझेदार, सरकारी तथा गैरसरकारी क्षेत्रका लगानीकर्तालाई आमन्त्रित गरिनेछ।