सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षे उपलब्धी सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेश सरकारले सरकार गठनपछिको एक वर्षे कार्यकालमा हासिल गरेको प्रगतिहरू सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री परिषद्को उपस्थितिमा ३५ बुँदामा आधारित प्रगतिहरू प्रस्तुत गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मुख्यमन्त्री शाहले आफ्नो सन्देशमार्फत जनताको समर्थन, राजनीतिक स्थायित्व, सुशासन र विकासका आधारलाई सुदृढ बनाउँदै समग्र शासकीय प्रणालीमा पारदर्शिता र जवाफदेहिताको अभ्यास भएको बताएका छन्।

सरकारको एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरू:

  1. अन्तर्राष्ट्रिय सहकार्य: एसियाली विकास बैंकसँग सहकार्य गर्दै एकीकृत आर्थिक तथा पर्यटन विकासको सम्भाव्यता अध्ययन सम्पन्न। पाँच प्रमुख परियोजनाहरू लगानी सम्मेलनमा प्रस्तुत गरिने।
  2. लगानी मैत्री वातावरण निर्माण: कानुनी संशोधन, परियोजना पहिचान, लगानीकर्ता खोजी, प्रचारप्रसार लगायतको तयारी तीव्र।
  3. दोस्रो आवधिक योजना तयारी: पहिलो पञ्चवर्षीय योजना समिक्षा र राष्ट्रिय लक्ष्यसँग तादात्म्य कायम गर्दै दोस्रो योजनाको खाका तयार।
  4. साक्षर प्रदेश घोषणा: १५–६० वर्ष उमेर समूहमा ९५% साक्षरता पुगेको आधारमा प्रदेशलाई साक्षर घोषित।
  5. कानुन निर्माण: १८ वटा ऐन, नियम, निर्देशिका तथा कार्यविधि जारी। निजामती सेवा तथा स्थानीय सेवा ऐन कार्यान्वयन।
  6. वित्तीय प्रगति: चालु आर्थिक वर्षमा ७०.२२% बजेट खर्च गर्दै उच्च वित्तीय प्रगति।
  7. प्रदेशको उच्च कार्यसम्पादन: राष्ट्रिय सूचकहरूमा ५१.६% अंक सहित पहिलो स्थान।
  8. वित्तीय हस्तान्तरण वृद्धि: २०८१/८२ मा ११.९८% स्थानान्तरण, अघिल्लो वर्षको ८.०२% भन्दा उच्च।
  9. राष्ट्रिय बैठकहरूमा सहभागिता: प्रमुख समन्वय बैठकहरूमा प्रभावकारी उपस्थिति।
  10. पूर्वाधार विकास: एक वर्षमा ३५५ किमी सडक निर्माण, सिंचाइ सुविधा थप १६२८ हेक्टर जमिनमा विस्तार।
  11. खानेपानी सुधार: ११,९३९ घरमा निजी धारा जडान, १ लाखभन्दा बढी जनसंख्यामा सेवा विस्तार।
  12. साझेदारीमा आयोजनाहरू: रु.१३ अर्ब ३८ करोडको खानेपानी आयोजना सुरु।
  13. यातायात व्यवस्था सुधार: १४,७३२ सवारी साधन दर्ता, १८,५४५ नयाँ लाइसेन्स वितरण।
  14. स्वास्थ्य क्षेत्रमा सुधार: तीन अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया।
  15. राजस्व नीति सुधार: राजस्व संकलन सुदृढीकरणका लागि नीतिगत व्यवस्था।
  16. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दशक घोषणा।
  17. युवा संरक्षण: लागू औषध र साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम।
  18. सहकार्य र समन्वय: विकास साझेदारसँगको साझा खाका मस्यौदा तयारी।
  19. विपद् व्यवस्थापन: बीमा कार्यक्रम सुरु, प्रभावित क्षेत्रमा राहत वितरण।
  20. सञ्चार नीतिमा सुधार: लोककल्याणकारी विज्ञापन कार्यविधि लागू।
  21. बेरुजु न्यूनीकरण: लेखा प्रणाली सुदृढीकरण।
  22. कृषि सुधार: कृषि कर्जा अनुदान, साना सिंचाइ योजना, आधुनिक उपकरण वितरण।
  23. पशु सेवा: लाखौं पशुमा उपचार, खोप र कृतिम गर्भाधान सेवा।
  24. औद्योगिक क्षेत्र विकास: विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन।
  25. वन क्षेत्र व्यवस्थापन: वृक्षारोपण, जडिबुटी खेती, वन जनशक्तिमा रोजगारी सिर्जना।
  26. वन्यजन्तु द्वन्द्व पीडित राहत: ४५६ व्यक्तिलाई राहत।
  27. जलवायु अनुकूलन आयोजना: ADB सँगको सम्झौतामा ३० मिलियन डलरको आयोजना सुरु।
  28. पर्यटन प्रवर्द्धन: मठ–मन्दिर, पार्क, पदमार्ग र ऐतिहासिक दरबार संरक्षण।
  29. उद्योग र उद्यमशीलता: १,९६४ उद्योग दर्ता, ११० प्रविधि हस्तान्तरण, सीप विकास तालिम।
  30. स्वास्थ्य सेवा विस्तार: निःशुल्क रक्त सेवा, क्यान्सर र नसर्ने रोग स्क्रीनिङ।
  31. विपन्नका लागि उपचार सहयोग: ६४५ जनालाई औषधि उपचारमा सहयोग।

मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशलाई आर्थिक र सामाजिक रुपान्तरणको मार्गमा अग्रसर गराउन प्रदेशवासी, राजनीतिक दल, कर्मचारी, सञ्चारकर्मी, विकास साझेदार र नागरिक समाजसँग सहकार्यको अपिल गरेका छन्।

Advertize US