सिटिईभिटी सुदूरपश्चिमद्वारा मनोसामाजिक मनोपरामर्शकर्ता उत्पादन गरिदै

Image
Nisarga Hospital

धनगढी: मानसिक स्वास्थ्य तथा मनोपरामर्श क्षेत्रमा दक्ष जनशक्ति विकास गर्ने उद्देश्यका साथ हयुमन नेपालले सञ्चालन गरेको तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र बितरण गरिएको छ । मानसिक स्वास्थ्य तथा मनोपरामर्शका बिषयमा दक्ष जनशक्ती गर्ने उदेश्यले ६ महिनाको मनोसामाजिक परामर्श तालिम कोर्ष तयारी गरी सम्पन्न गरेको छ । ६ महिने कोर्षको कक्षा लिएका प्रशिक्षार्थीलाई मंगलबार एक औपचारिक कार्यक्रम गरी तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रमका मुख्य अतिथि प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (CTEVT) सुदुरपश्चिम प्रदेशका उप–महानिर्देशक देवसिंह धामी रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथिका रुपमा मनोचिकित्सक डा. रामप्रसाद लामिछाने, मनोविद शुसिल चटौत, तथा एसओएस चिल्ड्रेन्स भिलेजका क्लिनिकल साइक्लोजिस्ट टिकेश्वरी बोहोरा, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रदेश सदस्य कृतबहादुर बिष्ट रहेका थिए । हयुमन नेपालका अध्यक्ष तथा मनोविद उमेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्य सेवा विस्तारमा दक्ष परामर्शदाताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, यस्ता तालिमले समुदायमा मानसिक स्वास्थ्यको पहुँच र प्रभावकारिता बढाउनेमा जोड दिएका छन् ।

nawajiwan
Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सुदूरपश्चिम प्रदेशका उप–महानिर्देशक देवसिंह धामी थिए। उनले तालिम समापन समारोहलाई सम्बोधन गर्दै भने: “सुदूरपश्चिममा मानसिक स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्न यस्ता तालिमहरू अत्यन्त आवश्यक छन्। तालिममार्फत उत्पादित दक्ष जनशक्ति न केवल व्यक्तिगत स्तरमा सशक्त हुन्छन्, उनीहरू समुदायमा सकारात्मक प्रभाव पार्ने सक्षम कडी पनि हुन्। हयुमन नेपालको यो प्रयास सराहनीय छ, हामी भविष्यमा पनि यस्ता कार्यक्रमलाई सघाउनेछौं।”

छ महिनासम्म सञ्चालन भएको यस तालिममा विभिन्न स्थानबाट तालिममा सहभागी भएका सहभागीहरूले मनोपरामर्शका आधारभूत सिद्धान्त, व्यवहारिक सीप, केस व्यवस्थापन, तथा समुदाय–आधारित सहयोग प्रणालीको अभ्यास गरेका थिए । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा ठूलो परिवर्तन ल्याएको अनुभव साझा गर्दै, सिकेका सीपलाई आफ्नो क्षेत्रमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आगामी दिनहरूमा पनि यस्ता दीर्घकालीन तालिम, कार्यशाला तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने हयुमन नेपालका अध्यक्ष सिवाकोटीले बताएका छन् ।