
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित बनरा पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक रामबहादुर चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घाइते चालक शुक्लाफाँटा नगरपालिका–७ पीताम्बर निवासी ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

















