कञ्चनपुर: प्रेम विवाहपछि पाँच महिनामै सम्झनाको झुन्डिएको अवस्थामा शव फेला, हत्या वा आत्महत्या ?

Image
Nisarga Hospital

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । पाँच महिनाअघि मात्र प्रेम विवाह गरेकी सम्झनाको शव बन्द कोठाभित्र सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएपछि घटनाले रहस्यमय मोड लिएको छ ‌। सम्झना हाल कक्षा १२ मा अध्ययनरत थिइन्।

CP Hospital Dhangadhi

सम्झनाका परिवारले यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै श्रीमान् पवन भट्टसहित उनका परिवारजनविरुद्ध किटानी जाहेरी दिएका छन् । जाहेरीपछि कञ्चनपुर प्रहरीले श्रीमान् २४ वर्षीय पवन भट्ट, उनकी आमा ४० वर्षीया किरण भट्ट, बुबा ५० वर्षीय हरिकृष्ण भट्टलाई पक्राउ गरेको छ । भने अमेरिका जान खोजिरहेकी पवनकी दिदी २८ वर्षीया पुजा भट्ट काठमाडौँमा फोन स्वीच अफ गरेर फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

‘मलाई बचाउनुहोस्’ – मृत्युअघिको अन्तिम फोनकल

nawajiwan

घटनाको थप पृष्ठभूमिमा मृतक सम्झनाले निधन हुनुभन्दा केही घण्टा अघि काठमाडौंमा बस्ने आफ्नी फुपूलाई रुँदै फोन गरेर “मलाई कुटपिट गरिरहेका छन्, जतिबेला पनि मार्न सक्छन्, मलाई बचाउनुहोस्” भनेको स्रोतहरूले जनाएका छन् ।

फुपूले तत्कालै सम्झनाको आमालाई खबर गरेपछि आमा र बहिनी महेन्द्रनगरबाट बेल्डाँडी पुगेका थिए। तर, त्यहाँ पुग्दा सम्झना कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

पटक–पटक यातना, अन्त्यमा मृत्यु

Attariya Hospital

मृतक सम्झनाका बुबा भोजराज भट्टका अनुसार विवाहपछि छोरीमाथि लगातार मानसिक र शारीरिक यातना दिइँदै आएको थियो। सम्झना केही समय माइतीघरमै बसेकी थिइन् । घटनाको ४ दिनअघि मात्रै श्रीमान्ले “अबदेखि राम्रोसँग राख्ने” वाचा गर्दै घर लगेको बताइएको छ । तर त्यो वाचा केही दिनमै सम्झनाको मृत्युमा परिणत भयो ।

प्रहरी अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मृतकका बुवाको उजुरीका आधारमा ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, “घटना अत्यन्तै संवेदनशील छ। विस्तृत अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई म्याद थप गरिएको छ र पोस्टमार्टम रिपोर्टलगायत अन्य प्रमाणहरूको विश्लेषणपछि सत्य बाहिर ल्याइनेछ ।” उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

न्यायको माग र समाजमा प्रश्न

यो घटनाले बालविवाह, प्रेम विवाह, घरेलु हिंसा, र महिला सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । १४–१५ वर्षको उमेरमै प्रेममा परेकी सम्झनाले १७ वर्षमै ज्यान गुमाउनु पर्नु समाजकै लागि पीडादायी सन्देश बनेको छ । पीडित पक्षले दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

Advertize US