नेतान्याहुद्वारा गाजा पुनः कब्जाको प्रस्ताव, सेना र जनस्तरबाट अस्वीकार

Image
Nisarga Hospital

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जा गर्ने प्रस्ताव सुरक्षा क्याबिनेटमा पेश गरेका छन्। तर यो प्रस्तावप्रति इजरायली सेना प्रमुखसहित उच्च अधिकारीहरू र सर्वसाधारणबाट असहमति जनाइएको छ।

CP Hospital Dhangadhi

नेतान्याहुको योजनाले हाल हमासको कब्जामा रहेका बन्दीहरूको परिवारमा थप चिन्ता बढाएको छ। हमाससँगको सम्झौता अनुसार रिहा हुनेमध्ये अझै २० जना बन्दीहरू बाँकी छन्।

युद्धको अन्त्य र मानवीय राहतको पक्षमा उभिएका इजरायल निकट मित्र राष्ट्रहरू पनि नेतान्याहुको यस प्रस्तावको विपक्षमा छन्। ती देशहरूले गाजामा शान्ति स्थापना र राहत आपूर्ति सहज बनाउन जोड दिँदै आएका छन्।

nawajiwan
Attariya Hospital

यो प्रस्ताव सार्वजनिक हुनुअघि नै इजरायलका दर्जनौँ पूर्व सैन्य अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धविरामका लागि पहल गर्न अनुरोध गर्दै पत्र लेखेका थिए।

पत्र लेख्नेहरूमध्ये एक पूर्व गुप्तचर प्रमुख अमी आयलनले सेनालाई यस्तो राजनीतिक एजेन्डाका लागि प्रयोग गर्नु दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेका छन्।