अविरल वर्षाले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
Nisarga Hospital

बैतडी: अविरल वर्षासँगै खसेको पहिरोका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ।

CP Hospital Dhangadhi

सिगास गाउँपालिका–९ रमिलापुर क्षेत्रमा खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले जानकारी दिए।

Attariya Hospital

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

nawajiwan

जयपृथ्वी राजमार्गमा बारम्बार पहिरो खस्ने घटनाले समस्या सिर्जना गर्दै आएको छ। अहिले अवरुद्ध सडक खुलाउन डोजर प्रयोगसहितको प्रयास भइरहेको प्रहरीले जनाएको छ।