
महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि शारदा ब्यारेज पुलमा दोस्रो दिन पनि चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

बुधबार बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक पुगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। मंगलबार बिहानदेखि नै नदीमा पानीको बहाव क्रमशः बढ्दै गएको छ।

सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाबाट गुज्रिरहेको र संरचनागत जोखिम बढेकाले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको हो।

ब्यारेजमा जोखिम बढेपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।





























