जयपृथ्वी राजमार्ग पुनः सञ्चालन, पहिरोका कारण रातभर अलपत्र यात्रुहरूलाई राहत

Image
Nisarga Hospital

बैतडी, साउन २१ — लगातारको वर्षापछि पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका–९, रमलियापुर नजिक आइतबार राति १ बजे ठूलो पहिरो जाँदा राजमार्ग पूर्णरूपमा बन्द भएको थियो। करिब साढे नौ घण्टापछि, सोमबार बिहान १०:३० बजे बाट यातायात पुनः सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए।

राजमार्ग बन्द हुँदा रातभर यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। विशेष गरी बैतडी सदरमुकाम गोठलापानीदेखि डडेल्धुरा र दार्चुला जाने यात्रुहरूलाई ठूलो असुविधा भएको थियो।

nawajiwan

वर्षाका कारण पहाडको माथिबाट आएको माटो, ढुंगा र रुखका ठुटाहरूले सडक छेकेको थियो। सडक डिभिजन कार्यालय डडेल्धुराको सहकार्यमा डोजरसहितका उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक खुलाइएको हो।

Attariya Hospital

सडक डिभिजन पाटनका अनुसार अहिले सडक अस्थायी रूपमा सञ्चालनमा आए पनि अझै सतर्कता आवश्यक रहेको छ।

सडक खुल्नासाथ स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरूले राहतको अनुभव गरेका छन्। स्थानीयवासी राजेन्द्रप्रसाद भट्टले लगातार अवरुद्ध भइरहने सडकहरूलाई नियमित मर्मत सम्भार र वैकल्पिक व्यवस्थाको आवश्यकता रहेको बताए।

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएसँगै बैतडी सदरमुकामसँग जोडिने प्रमुख यातायात मार्ग सहज बनेको छ। जसले स्वास्थ्य सेवा, आपतकालीन उद्धार, व्यापारिक ढुवानी र अन्य आवश्यक सेवामा सहजता ल्याएको छ।

Advertize US