अपीहिमाल गाउँपालिकामा ‘बिरे जात’ का लागि तीन दिन सार्वजनिक बिदा

Image
Nisarga Hospital

अपीहिमाल गाउँपालिका–३ मा लाग्ने सुर्मा भवानीको प्रसिद्ध ‘बिरे जात’ को अवसरमा तीन दिन सार्वजनिक बिदा दिइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

गाउँपालिकाले बुधबार, बिहीबार र शुक्रबार — लगातार तीन दिनसम्म पालिकाभित्रका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलका अनुसार, अपीहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मा सरोवरसम्म मनाइने यो जात्रा स्थानीयहरूको धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको छ।

साउन १८ गतेदेखि सुरु भएको बिरे जात दार्चुला जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा चिनिन्छ। जात्रामा हजारौं भक्तजन सहभागी हुने हुँदा बिदा दिइएको गाउँपालिकाले जनाएको छ।