धनगढी–१२ को सिद्वनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

Image
Nisarga Hospital

धनगढी उप–महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत श्री सिद्वनाथ माध्यमिक विद्यालय, सिद्वार्थनगर–१२ लाई बाल विकास कक्षाका लागि आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरेको छ।

CP Hospital Dhangadhi

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा क–ख, ए–बी–सी, १–२–३ म्याट, पी फम, बेबी चेयर, टेबल, शु–र्याक, ह्वाइट बोर्ड, विभिन्न रकरहरू, कार्पेट लगायत सामग्रीहरू वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख घुम्मन सिंह बडायकले जानकारी दिए।

Attariya Hospital

कार्यक्रममा धनगढी उप–महानगरपालिका–१२ का वडाध्यक्ष महेन्द्र खडका, नगर प्रमुख गोपाल हमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव उपाध्याय, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाही, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।

nawajiwan

यस सामग्री हस्तान्तरणसँगै बाल विकास कक्षाका विद्यार्थीहरूको सिकाइ प्रक्रियामा थप सहजता र गुणस्तर आउने अपेक्षा गरिएको छ।