सेती प्रादेशिक अस्पतालमा एकैदिन १८ जनाको सफल शल्यक्रिया गरी प्रसूति

Image
Nisarga Hospital

धनगढी: सेती प्रादेशिक अस्पतालमा मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया (सी–सेक्शन) मार्फत सफल प्रसूति गराइएको छ।

CP Hospital Dhangadhi

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कमल दिप जोशीका अनुसार रातको समयमा आकस्मिक रूपमा आएका १० जना र दिनको समयमा ८ जना गरी कुल १८ जना महिलाको सफल सर्जरीमार्फत सुत्केरी गराइएको हो।

Attariya Hospital

सीमित स्रोतसाधन, न्यून जनशक्ति र जीर्ण भवनका बीच समेत अस्पतालले विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाको सेवा दिँदै आएको छ। अस्पतालको गाइनो वार्डमा बेडको संख्या सीमित रहेको अवस्थामा पनि स्वास्थ्यकर्मीको टोलीले उत्कृष्ट सेवा दिएको डा. जोशीले जानकारी दिए।

nawajiwan

उनले सेती अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सम्बन्धित निकायहरूको ध्यान जान आवश्यक रहेको बताए।

Advertize US