
कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव घटेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः खुला गरिएको छ।

बिहीबार बिहान ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीका लागि खुला गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मंगलबारदेखि महाकाली नदीमा पानीको बहाव उच्च भएपछि सवारी आवागमन रोकिएको थियो। नदीको बहाव सामान्य हुँदै गएपछि पुनः सवारी चल्न दिइएको हो।

प्रहरीले अझै पनि सतर्कता अपनाउन आग्रह गर्दै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।

















