
कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार कारागारभित्र भएको झडपका कारण उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको हो।


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार घाइते पाँचै जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार झडपको कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न तीन जना कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा भएको विवाद हो। स्थानान्तरणको क्रममा उत्पन्न असमझदारीकै कारण कारागारमा झडप भएको उनले बताए।
































