भारत–अमेरिका व्यापार तनाव चर्कियो, ट्रम्पको कडा चेतावनी

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

भारतबाट अमेरिका भित्रिने सामानमा अमेरिकाले लगाइरहेको अतिरिक्त भन्सार महसुल (ट्यारिफ)का कारण दुवै देशबीचको व्यापार सम्बन्धमा तनाब चरममा पुगेको छ।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ५० प्रतिशतसम्मको ट्यारिफ लगाइरहेका अवस्थामा व्यापार वार्ता अघि बढ्ने कुनै सम्भावना नभएको बताएका छन्। “पहिले यो मुद्दा समाधान हुनुपर्छ, त्यसपछि मात्र वार्ता सम्भव हुन्छ,” ट्रम्पको भनाइ छ।

Attariya Hospital

केही दिनअघि ट्रम्पले भारतमाथि २५ प्रतिशत अतिरिक्त महसुल कर लगाउने निर्णय गरेका थिए। रूसबाट कच्चा तेल किनिराखेको कारण यो कदम चालेको बताउँदै उनले भारतलाई युक्रेनमा द्वन्द्व भड्काउन अप्रत्यक्ष सहयोग गरिरहेको आरोप लगाए।

nawajiwan

यो अतिरिक्त महसुल लागू भइसकेपछि, छूट दिइएका केही वस्तु बाहेक अमेरिकामा भित्रिने भारतीय सामानमा कुल कर ५० प्रतिशत पुग्नेछ। प्रारम्भिक महसुल लागू हुनुभन्दा १४ घण्टा अघि नै ट्रम्पले ट्यारिफ बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। जुलाई ३० मा घोषणा गरिएको यो निर्णय बिहीबार, अगस्ट ७ बाट लागू भएको हो, र २१ दिनपछि अतिरिक्त महसुल कार्यान्वयन हुनेछ।