बडिमालिका दर्शनपछि लडेर पूर्वमन्त्री ओझाका छोराको मृत्यु

Image
Nisarga Hospital

बाजुरा:  बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्किने क्रममा पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार, विप्लब मन्दिरबाट करिब एक घण्टाको दूरीमा तल झर्दा करिब ७ सय मिटर तल खोचमा खसेका थिए।

CP Hospital Dhangadhi

प्रहरीले शव निकाल्ने कार्य शुरू गरेको छ। विप्लब हाल गोकर्णश्वर–५ काठमाडौंमा बस्दै आएका थिए र राति नै दर्शन गरेर फर्कने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ।

Attariya Hospital

बडिमालिका शक्तिपिठमा आज साउन २३ गते पूजा कार्यक्रम जारी रहेको छ भने बुढीनन्दामा पनि पूजा सुरु भइसकेको छ।

nawajiwan