बातावरण विभाग सदस्यमा हेमन्त बाजे मनोनीत

Image
Nisarga Hospital

बागेश्वरी असल शासन क्लब (बास नेपाल) अन्तर्गतको वातावरण विभागको सदस्य पदमा बास नेपालका सक्रिय सदस्य एवं हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) मनोनीत भएका छन्।

CP Hospital Dhangadhi

बास नेपाल केन्द्रीय कार्यसमितिको कार्यालयले जारी गरेको पत्रमार्फत केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले जोशीलाई उक्त पदमा मनोनित गरिएको जानकारी गराएका छन्। जोशी गौरीगंगा–६, कैलालीका बासिन्दा हुन् र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय युवा नेतृत्वका रूपमा क्रियाशील छन्।

संस्थाको विधान र विभाग संचालन निर्देशिकाअनुसार अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा बसेको बैठकले बास नेपालका हेमन्त राज काफ्ले संयोजकत्वमा रहेको वातावरण विभागमा जोशीलाई सदस्यको रूपमा चयन गरेको हो।

nawajiwan
Attariya Hospital

संयुक्त रूपमा काफ्लेले पनि बाजेलाई पदमा मनोनयन गरिएको जानकारी दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

बास नेपाल सामाजिक रुपान्तरणका लागि विगत २५ वर्षदेखि क्रियाशील राष्ट्रिय गैरसरकारी संस्था हो।

Advertize US