
अत्तरिया: कैलाली उद्योग वाणिज्य संघको निर्वाचन आगामि भदौ २८ गते शनिबार हुने भएको छ । संघको आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचनका लागि सदस्यता नविकरण भदौ १३ गते सम्म राखेको बैठकले निर्णय गरेको छ ।

निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन समेत गरेको संघका प्रेस सल्लाहकार हिमाल जोशीले जानकारी दिए ।

हाल संघको अध्यक्ष पुस्पराज कुँवर रहेका छन् । कुवँर नेतृत्वका तीन बर्षीय कार्यकाल सकीएपछि निर्वाचन हुन लागेको सल्लाहकार जोशीले बताएका छन् । २०७९ जेठ २८ गते भएको निर्वाचनमा कुँवर नेतृत्वको टिम निर्वाचित भएको थियो ।






























