केपी ओलीलाई सबैले बुझ्न सक्दैनन् : एमाले सचिव भट्ट

Image
Nisarga Hospital

महेन्द्रनगर: नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सबैले बुझ्न सजिलो नभएको बताएका छन्। शुक्रबार प्रेस चौतारी सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले ओलीको राजनीतिक दृष्टि र कार्यशैली निकै टाढासम्म देख्ने खालको भएको उल्लेख गरे।

CP Hospital Dhangadhi

“धेरै मान्छेले ओलीलाई बुझेको भन्छन्, तर वास्तविक रूपमा धेरैले उहाँलाई बुझेका छैनन्। म यहाँबाट चितवनसम्म देख्न सक्छु भने अरुले चिसापानीसम्म मात्र देख्छन्। तर ओलीजी महेन्द्रनगरमै उभिएर मेचीसम्म हेर्न सक्ने व्यक्ति हुनुहुन्छ,” भट्टले भने।

Attariya Hospital

उनका अनुसार, प्रारम्भमा ओलीलाई देवत्वकरण गर्ने केही व्यक्ति अहिले स्वार्थ नमिलेपछि उहाँको विकल्प खोज्ने प्रयासमा लागेका छन्। “तर त्यो सम्भव छैन। अहिले एमालेमा ओलीको विकल्प बन्न सक्ने कोही छैन,” भट्टले स्पष्ट पारे। उनले ओली स्वयंले पनि आफू बिना हालको परिस्थितिमा एमाले सम्भव नहुने बताएका स्मरण गरे।

nawajiwan

भट्टले राष्ट्रियताको सवालमा पनि ओली जत्तिकै दृढतापूर्वक उभिन सक्ने नेता अहिलेको राजनीतिमा कोही नभएको दाबी गरे। उनले ओली पार्टीका बैठक र छलफलमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म सक्रिय रहने गरेको उल्लेख गर्दै, “हामी पनि उहाँसँग धेरैपटक रातभर बैठकमा बसेका छौँ, तर उहाँजत्तिको मेहनत हामी गर्न सक्दैनौँ,” भने।

कार्यक्रममा उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सम्मानपूर्वक बस्नका लागि पार्टीले सदस्यताको विषयमा निर्णय गरेको पनि जानकारी दिए।