बालविकास कक्षामा भर्ना दर बढाउन नगर प्रमुख हमालको आग्रह

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सामुदायिक विद्यालयमा विशेषगरी बालविकास कक्षामा विद्यार्थी भर्ना दर वृद्धि आवश्यक रहेको बताएका छन्।

CP Hospital Dhangadhi

धनगढी–१६ घसिटास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी संख्या बढाउन अभिभावक, शिक्षक र व्यवस्थापन समितिको सक्रिय भूमिका अनिवार्य भएको बताए।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत बालविकास कक्षाका लागि क, ख म्याट, एबीसी म्याट, अंक म्याट, टेबल–कुर्सी, कार्पेट, जुत्ता–चप्पल राख्ने र्याक, सेतो पाटी तथा विभिन्न खेल सामग्री हस्तान्तरण गर्‍यो। सामग्री वडा अध्यक्ष रामलाल चौधरी र शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारू र प्रधानाध्यापक भोजराज शर्मालाई हस्तान्तरण गरेका थिए।

nawajiwan
Attariya Hospital

बेहडाबाबा विद्यालयलाई नमुना विद्यालय घोषणा गरी लगानी गरिएको भए पनि बालविकास तहमा न्यून भर्ना हुनु चिन्ताजनक रहेको उल्लेख गर्दै हमालले भने, “नगरपालिका पूर्वाधार, शिक्षक र सामग्री उपलब्ध गराउन तयार छ, तर विद्यार्थी भर्ना दर वृद्धि र गुणस्तर कायम गर्न समुदायले अग्रसर हुनुपर्छ।”

उनले चेतावनी दिदैँ भने, “आगामी शैक्षिक सत्रसम्म बालविकास तहको भर्ना दर र कक्षा ८ तथा एसईईको नतिजामा सुधार नआए नमुना विद्यालयका विशेष सुविधा कटौती गर्न बाध्य हुनेछौं।”