कैलाली कारागारमा ठूलो झगडा : एकको मृत्यु, धेरै कैदीबन्दी घाइते

Image
Nisarga Hospital

कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीहरूबीच ठूलो झगडा भएको छ। सो झगडामा एक जनाको मृत्यु भएको छ भने धेरै कैदी घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार झगडाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

Attariya Hospital

यादगार छ कि पछिल्लो एक महिनादेखि कैलाली कारागारमा कैदीबीच आपसी झगडा निरन्तर भइरहेका छन्। शुक्रबार बिहान मात्र ठूलो झगडा भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले मिलाउनुभएको थियो। त्यस्तै, सुरक्षामा कडाइ गर्न प्रशासन र प्रहरी कार्यालयमा सञ्चारकर्मीहरूले सुझाव दिएका थिए।

nawajiwan

प्रमुख जिल्ला अधिकारीले केही सुरक्षा व्यवस्था कडा गरिएको जनाए तापनि पुनः ठूलो झगडा हुँदा कारागारमा सुरक्षा चुनौती बढेको देखिन्छ। झगडाका कारण अन्य कैदीहरू पनि तनावमा रहेको बताइएको छ। थप जानकारी आउन बाँकी छ।