
कैलालीः कैलाली कारागारमा शनिबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन्।

शुक्रबार राति भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार जारी छ।

हाल कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था अव्यवस्थित भएको बताइन्छ। गृहमन्त्री लेखकले यस विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गर्ने तयारी गरेको सचिवालयले जनाएको छ।


















