
धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला कुमारी राना बडीमालिकाबाट फर्कँदै गर्दा भिरमा लडेर घाइते भएकी छन्। पूजा सकेर नाटेश्वरी फर्कँदै गर्दा चिप्लो बाटोमा लडेर कम्मरमा चोट लागेको उनले बताइन्।


सरकारी पूजा सामग्रीसहित पहिलो पटक बडीमालिका पुगेको टोलीमा करिब ५० जना सहभागी थिए। धार्मिक स्थलको पूर्वाधार विकास र सुविधा विस्तारका लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण आवश्यक रहेको रानाले बताइन्।































